Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० पुष २५ गते बुधबार

कञ्चनपुरको कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिकाको आयोजनामा १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

मंगलबारदेखि कृष्ण माध्यामिक विद्यालयको प्राङगणमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरका मेयर हेमराज ओझाले राष्ट्रिय कार्यतालिका अनुरुप नगरपालिकाले समेत प्रतियोगिता शुरु गरेको बताए । मेयर ओझाका अनुसार १३ सामुदायिक, १२ संस्थागत गरि २५ विद्यालयको सहभागिता रहेको छ ।

उनले नगरस्तरिय छनौट प्रतियोगितासंगै जिल्ला स्तरिय समेत कृष्णपुर नगरपालिकाले नै गर्ने बताए । मेयर ओझाले विद्यार्थीमा रहेको अन्तर क्षमता प्रस्फुटनका लागि अवसरको थलो समेत भएको बताए । पहिलो दिन १५सय मिटरका दौड प्रतियोगिता सम्पन्न भएका छन ।

आज(बुधबार)पनि विभिन्न खेलकुद प्रतियोगिता हुनेछन । प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले उच्च अनुशासनका साथ प्रतियोगिता खेल्न आग्रह गरेका छन । मन्त्री साउदले कृष्णपुरको विकास लागि केही न केही देखिने गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

‘अब प्राविधिक गुणस्तरिय शिक्षा, आफ्नो रोजगारी आफै रोजगारी सृजना गर्ने वातावरण बनाउनुपर्छ, ‘मन्त्री साउदले भने ‘प्राविधिक व्यवसायी शिक्षा हुनुपर्छ, सीपयुक्त शिक्षा हुनुपर्छ ।’

अन्तर विद्यालयपछि पालिका स्तर र त्यसपछि जिल्ला स्तरको प्रतियोगिता समेत कृष्णपुरमै हुने भएकाले नगर खेलकुद प्रतियोगिता समेत महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया