Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १९ गते सोमबार

दार्चुला घट्नामा रास्वपा का अध्यक्ष रबिले भर्सना गरे भन्छन दार्चुला दिल्लि काठमाडौं कहाँ भेट्ने ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी एकतर्फी ढंगले निर्माण गरिरहेको तटबन्धका बारेमा पूराना राजनीतिक दल र प्रशासन मूकदर्शक बनेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले स्टाटस जारी गर्दै उक्त घटनाको भर्सना गरेक छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ बाट नवनिर्वाचित सांसद रवि लामिछानेले महाकालीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेको सम्बन्धमा मुख खोलेका हुन्। उनले भारतसँग निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नहुने पनि बताएका छन्।

उनले फेसबुक र ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। यस्तै उनको पार्टीले पनि बिज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको सन्दर्भमा आफ्नो प्रष्ट धारणा सार्बजनिक गरेको हो।

लामिछानेले नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भइसकेकोले नयाँ शिराबाट कुरा गर्नुपर्ने बताए। ‘दार्चुलामा भेट्ने हो कि, काठमाडौंमा भेट्ने हो, कि दिल्लीमा भेट्ने हो, तय गरौं। तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ उनले लेखेका छन्।

उनले महाकाली नदीमा तुइन तर्दै गर्दा तुइन काटिएर नदीमा जयसिंह धामी हराउँदा, किनारमा जबरजस्ती सडक बनाउँदा गरिएको विस्फोटमा उछिट्टिएको ढुंगा लागेर ९ वर्षीय पवन महराको मृत्यु हुँदा र अहिले बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाएको विरोध गर्दा भारतीय पक्षबाट भएको ज्यादतीबारे सरकारले देखिने गरी केही नगरेको बताएका छन्।

सभापति लामिछानेले भारतसामु सरकारको वर्षौंको निरीहताको कारण के होला भनेर प्रश्नसमेत गरेका छन्। ‘वर्षौंको यो निरीहताको कारण के होला? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना–पाना पल्टाएर बुँदाबुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार? आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन केले रोक्छ सरकारलाई? राज्य यस्तो हुनु हुँदैन, सरकार अब यसरी चल्नु हुँदैन,’ उनले फसबुक र ट्वीटरमा लेखेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार नै विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।



अन्तर्राष्ट्रिय सन्धि सम्झौता भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौताविपरीत कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर–जिम्मेवार कार्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनुपर्ने बाध्यता भएको र विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहँदा ठूलो दुर्घटनाको जोखिम बढाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरु भत्काउन भारत सरकारको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशिघ्र कूटनीतिक पहल सुरु गरिहाल्न आग्रह गर्दछौँ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>