Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

कपिलवस्तुका न्यायाधीशमाथि बन्धक बनाएर बलात्कार गरेकाे आराेप, प्रहरिमा मुद्दा दर्ता ।

 कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् । न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले  बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।

पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीले जाहेरी दर्ता नगरेपछि ती महिलाले एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी गरिन् । दुवै आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेका छन् । न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ । पीडित महिला २०७५ देखी न्यायाधीशसँगै थिइन् ।

आफूविरुद्ध उजुरी गर्ने महिलाविरुद्ध पनि चोरीको आरोप लगाएर न्यायाधीश गिरी लामो बिदामा बसेका छन् । बलात्कार मुद्दाबारे अनुसन्धान गर्न राज्यका विभिन्न निकायबाट लेखेर आएको एसपी बस्नेतले जानकारी दिए । उनले भने–‘प्रारम्भिक अनुसन्धान गर्दै छौँ, अहिले पक्राउ गर्नुपर्ने अवस्था छैन ।’    

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>