Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

जाेशीपुरमा भिनाजूले हसिया प्रहार गर्दा साला ठहरै ।

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुंगानाले हँसिया प्रहार गर्दा एक जना सालाको मृत्यु भएको छ। अर्का घाइते छन्।

हँसिया प्रहारबाट घाइते पदम भण्डारीको उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार हँसियाले हान्दा घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु-याइएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।

हँसिया प्रहारबाट गम्भीर घाइते भएर टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

मदिरा सेवनपछि भण्डारीको सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानासँग विवाद भएको थियो। ढुंगाना नातामा भण्डारीका भिना पर्छन।

‘तपाईंले दिदीलाई दुःख दिनुहुन्छ, भन्दै विवाद भएको देखिएको छ,’ डिएसपी जोशीले भने, ‘ती दुईकाबीच यसअघि पनि मुद्दा, मामिला परेको देखिन्छ, झगडाले उग्र रुप लिएपछि भिनाजुले हसिया प्रहार गरेको खुलेको छ।’

साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार भएका ढुंगानाको खोजी भइरहेको डिएसपी जोशीले बताए। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>