Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २५ गते आइतबार

कक्षा ९ मा अध्ययनरत किशाेरिलाइ ४ महिनादेखि पटक पटक बलात्कार आराेपमा ३जना पक्राउ ।

४ महिनादेखि पटक–पटक एक जना किशाेरिलाइ बलात्कार गरी गर्भ राखेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बेलौरी नगरपालिका–२ भइसोरीकी १७ वर्षीया  किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका तीन जना पक्राउ परेका हुन्।

आइतबार बिहान किशोरी र परिवारका सदस्यको जाहेरीका आधारमा बेलौरी नगरपालिका–२ भइसोरीकै  २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

‘उनीहरुलाई पीडित किशोरी र परिवारका सदस्यको जाहेरी र बयानका आधारमा घरैबाट पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक भण्डारीले भने। 

पेटमा गर्भ रहेको शंका लागेपछि परिवारले सुरुमा पीडितसँग सोधपुछ गरेको थियो। उनले नाम खुलाएपछि आइतबार बिहानै प्रहरीमा जाहेरी दिएका थिए।

स्वास्थ्य परीक्षणबाट किशोरीको पेटमा बच्चा रहेको खुलेको प्रहरी निरीक्षक भण्डारीले बताए।

परिवारको जाहेरीपछि सेती प्रादेशिक अस्पतालमा  किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो।

‘किशोरीको पेटमा १८ हप्ताको बच्चा रहेको मेडिकल रिर्पोट आएको छ,’ प्रहरी निरीक्षक भण्डारीले भने।

पीडित किशोरी गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्। पक्राउ परेकासहित थप केही अपरिचित व्यक्तिहरूले समेत किशोरीलाई पटक पटक जबर्जस्ती करणी गर्ने गरेको पीडित परिवारले जाहेरीमा उल्लेख गरेको प्रहरी निरीक्षक भण्डारीको भनाई छ।

किशोरी मानसिक रुपमा बिछिप्त रहेको र मनोपरामर्श दिइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>