Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २७ गते मङ्गलबार

महेन्द्रनगर मन्च ब्यवस्थापन हुन नसक्दा स्थानियले नगर प्रमुखलाई बुझाए ज्ञापन ।

महेन्द्रनगरमा रहेको खुलामञ्चको उचित व्यवस्थापन र सार्वजनिक शौचालय तथा खानेपानीको प्रवन्ध मिलाउनु पर्ने माग राख्दै महेन्द्रनगरबासीले मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

युवा समाजसेवी तथा ध्रुमपान नियन्त्रण अभियानका अभियन्ता मदन चन्दको नेतृत्वमा पालिका कार्यालय पुगेका स्थानीयले खुलामञ्चको संरक्षण हुन नसकेको, फोहोरमैलाले दुर्घन्धित हुँदै गएको र पानी नहुँदा यहाँ रहेका सार्बजनिक शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको गुनासो गरेका छन्।

टोलीमा सहभागी पुस्तक बिक्रेता नवराज भट्टले नियमित जस्तो खेलकुद प्रतियोगिता हुने गरेको मञ्च फोहोरले दुर्घन्धित भएपनि संरक्षणका लागि नगरपालिकाले पहल नगरेको गुनासो गरे।

‘प्याराफिट बस्न लायक छैनन्, रंगरोगन गर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘ नगरपालिकाले सार्बजनिक सम्पत्तीको संरक्षणमा ध्यान दिनुप-यो।’ मन्च बर्खामा पानी र झाडिमय हुने गरेकाे छ ।

खुलामञ्चमा खेलाडीहरुका लागि चेञ्जिङ रुमसमेत बनाउन माग गरिएको छ। यहाँ रहेका सार्बजनिक शौचालय पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। पानी नहुँदा ती प्रयोगमा छैनन्। तिनको मरम्मतसम्भार गरी प्रयोगमा ल्याउन पनि स्थानीयले नगरप्रमुख बोगटी समक्ष माग गरेका छन्।

नगरप्रमुख बोगटीले माग सम्बोधनको आश्वासन दिएको स्थानीयले बताए। ‘यी मागहरु सम्बोधन गर्नका लागि हामी नगरप्रमुखलाई घचघच्याइरहने छौँ,’ भट्टले भने।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>