Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ पुष ०५ गते मङ्गलबार

हुलाकि सडक पटक पटक म्याद थप्दा पनि भएन सम्पन्न, बेलाैरिका स्थानिय आन्दाेलित ।

हुलाकी सडक निर्माण अलपत्र छाेडेकाे भन्दै बेलाैरीका स्थानीय आन्दोलित भएका छन् । उनीहरुले ठेकेदार विरुद्ध मंगलबार हुलाकी सडक अन्र्तरगत बेलौरीमा विरोध प्रर्दशन गरेका हुन् । 

बेलाैरी नगरपालिका ६ का वडा सदस्य एवम् स्थानीय नारायण प्रसाद जैशीले ७ बर्ष वितिसक्दा पनि हुलाकी सडक अलपत्र छाडेको भन्दै जनता विरोधमा उत्रिएको बताए । 

०७३ सालमा ठेक्का भएको हुलाकी सडक ०७९ आईपुग्दा समेत अलपत्र छाडेपछि स्थानीय आन्दोलित भएका हुन् । बेलाैरीका स्थानीयले पुनः ठेकेदारको फोटो टाँसेर आन्दोलन शुरु गरेका छन् ।सडकमा उत्रिएका स्थानीयले कालोपत्रे नगर्दासम्म आन्दोलन जारी राख्ने जनाएका छन् । यसअघि पनि बेलाैरीका स्थानीयले ठेकेदार र पड्के ठेकेदारका फाेटाे चाेक चाैराहमा टाँसेर विरोध प्रदर्शन गरेका थिए ।

यद्यपि हुलाकी सडक निर्माण कम्पनीका ठेकेदार भने विगत लामाे समय देखि सम्पर्क विहीन छन् । बनेकाे ठाउँमा समेत सडक फुटन थालेकाे छ । हुलाकि सडक धनगढिले सडक यश बर्ष काम गर्न समय थप भएकाे साेहि अनुसार काम हुने बताउदै आएकाे छ ।


#हुलाकि सडक

प्रतिक्रिया