दैनिक जीवन गुजारा चलाउन गाउँ घरमा कठिन भएपछि प्रदेशिन बाध्य युवा भारतकाे बेङलाेरमा दुर्घटनामा परेका छन । उनकाे परिवार संग उपचार खर्च नहुदा मृत्यु सैयामा जाने चिन्ता आफन्तमा बढेकाे छ ।
शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवा रामदत्त जोशी अकालमै मृत्युको पखाईएमा पुगेका हुन । गरिबी, अभाव र बेरोजगारीले भारत पसेकास्न बाध्य भएका युवा जोशी ५ पुषमा सडक दुर्घटनामा परेका थिए ।
भारतको बङलोरमा जोशीलाई सवारी साधन कारले ठक्कर दिएर भागेको थियो । अर्काको देश भएकाले ठक्कर दिने सवारी साधनको खोजबिनका लागि भारतीय प्रहरीले चासो नदिएपछि केही आफन्त र उतैका स्थानीय सहित प्रहरीले जोशीलाई उपचारका लागि अस्पताल लगेको उनकाे पारिवारिक स्राेतले बताएकाे छ ।
कारको ठक्करबाट गम्भिर घाईते भएका जोशीको कन्फडो मल्टी स्पेशलिष्टी अस्पतालमा उपचारका लागि राखिएकाे छ । उपचारमा ठुलो रकम चाहिने भएपछि मजदुर जोशीसंग पैशा नभएकाले उपचारमा समस्या आएको आफन्तले बताएका छन । झलारीको भ्युटप होटलमा कामगरेका जोशीको उपचारका लागि नेपाल र भारतमा अभियान समेत थालिएको छ ।
भारतमा घाईतका जेठान बासुदेव भट्ट नेपालमा मित दानसिह धामीले अभियान थालेका छन । घाईते जोशीका मित दानसिह धामीले झलारी बजारबाट उपचारका लागि सक्दो सहयोग संकलन शुरु गरिएको बताए । ‘हामीले पनि मितज्यूको उपचारका लागि स्थानीय झलारी बजारबाट सहयोग संकलन गरेका छौँ, ‘उनले भने, ‘व्यवसायी एव स्थानीयले सक्दो सहयोग गरिरहेका छन ।’
सरकारले आफ्नाे देशमा राेजगारि दिन प्रयास नगर्ने भएर बिदेशिएका युवाले आफ्नाे परिवारकाे गुजारा मात्र चलाउदैनन अरुका देशबाट दुःख सहेर दृशका लागि बिदेशि मुद्रा पनि ल्याउछन तर सरकारले बुझेर पनि देखे न देखेको जस्तो गर्दै आएका सरकारले चुनावका बेला तीनै युवा प्रयोग गरेर सत्तामा पुगेको क्षण भरमै बिर्सिदै आएकाे युवाँहरुले बताउदै आएका छन ।
घर परिवार, आफन्तले सहयोगका लागि आब्हान गरेका छन । घाईते जोशीकी धर्मपत्नीको कञ्चनपुर झलारीमा रहेको मुक्तिबिकास बैक १५२२२३००७९७६३३०००००१ खाताका रकम जम्मा गरिदिन आब्हान गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया