Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १५ गते शुक्रबार

पुस १५ विभिन्न कार्यक्रम गरि हर्साेल्लासका साथ मनाईदै, यस्ताे छ मान्यता । शुक्लफाँटाकाे भिडियाे सहित ।


सुदूरपश्चिममा आज पुसे प्रन्ध हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ।

यो पर्वमा प्रदेशका पहाडि जिल्लाका गाउँमा सबै एक ठाउँ भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन रहेकाे छ। तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ। 
यस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ।

सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको छ । ‘यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका मानिस एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने चलन रहेकाे छ । याे पर्वसंगै सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यसै समयमा भुवा पर्वका रूपमा समेत मनाउने चलन रहेकाे संस्कृति बिद् लक्ष्मिकान्त जाेशी बताउछन ।

सुदूरपश्चिममा याे पर्वमा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा लिइन्छ।

पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ भने युवा पुस्ताले साथिहरुसंग घुम्ने पार्टि गर्ने खानपिन गरि मनाउन थालेका छन । कतिपय ठाउँमा साङ्गितिक कार्यक्रम गरेर समेत कार्यक्रम मनाउन थालिएकाे छ ।

यसै अवसरमा शुक्लफाँटा नगरकाे झलारि बजारमा युवा ब्यावसायि धर्म शाहि, तेजा ऐर, लक्ष्मण साेव लगायतले आयाेजना गरेकाे कार्यक्रम भिडियाे



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>