Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १८ गते सोमबार

दोधारा चाँदनीमा मानव बेचबिखन तथा लागुऔषध नियन्त्रणमा एकजुट ।

दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको सहयोग, शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र माईती नेपाल कञ्चनपुरको सहकार्यमा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित स्वास्थ्य चौकीको सभा कक्षमा मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध दोधारा चाँदनी नगरपालिकाका वडा नं. १ देखि वडा नं. ५ का किशोरीहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले जनाएका छन् ।

शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खक्रीको संयोजकत्वमा मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यत्रमको उद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रहेका थिए भने, अतिथीमा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्री, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट,  ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, ट्राफिक प्रहरी शेर बहादुर चन्द, अधिकारीकर्मी धनसरा चन्द, खिमा चन्द लगाएत शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका पदाधिकारी तथा वडा नं. १ देखि ५ सम्मका २४ जना सहभागी किशोरीहरुको उपस्थिती रहेका थिए ।

पछिल्लो समय मानव बेचबिखन तथा लागुऔषध सेवनका घटनाहरु बढ्दै गएपछि त्यसलाई निर्मुल पार्न बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । मानव बेचबिखन तथा लागुऔषध जनचेतनामुलक कार्यक्रमलेनै न्युनिकरण हुने मेयर लिम्बुको भनाई रहेको छ् ।

मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न समयमा गर्दै आएको जनचेतनामुलक कार्यक्रमका प्रशंसा गर्दै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले यस्ता जघन्य अपराधलाई रोक्ने सबै एकजुट हुनुपर्ने बताएका छन् । कञ्चनपुरमा माईती नेपालले बिगतका दिनहरुमा गर्दै आएको मानव बेचबिखन तथा ओसारपसार रोक्न गरेको कार्यको उदाहरण दिदै आगामी दिनहरुमा आफ्नो संस्थाबाट यस्ता कुर्कमलाई रोक्न अझै बिभिन्न प्रकारको जनचेतनामुलक कार्यक्रम गर्दै जाने बताए ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापाले बिगतका दिन भन्दा अहिले आएर लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धि हुदै आएको बताउदै मानव बेचबिखन र लागुऔषध एक आपसमा जोडिएको बिषय रहेको हुदा यसलाई रोक्न नेपाल प्रहरी सदा तयार रहेको बताएका छन् ।

दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले मानव बेचबिखन तथा लागुऔषध अहिलेको लागी युवा पिडीमा निकै जटिल समस्याकोरुपमा देखिएको हुदा यसलाई रोक्न आफुले आफ्नो वडामा बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालनको लागी योजना बनाउदै आएको बताए ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, ट्राफिक प्रहरी शेर बहादुर चन्द, अधिकारकर्मी खिमा चन्दले प्रशिक्षण दिएका थिए ।


#मानव बेचबिखन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>