Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

सुदूरपश्चिम प्रदेशसभा सभामुख निर्वाचन कार्यतालिका सार्वजनिक ।

सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनको तालिका सार्वजनिक भएको छ। पुस २८ गते हुने सभामुख निर्वाचनको लागि प्रदेशसभा सचिवालयले आज निर्वाचन तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार पुस २७ गते बिहान १०ः३० देखि २ः३० सम्म सभामुख पदमा निर्वाचित गर्न प्रस्ताव दर्ता हुनेछ। सोही दिन उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुनेछ।

निर्वाचन पुस २८ गते दिउँसो १ बजे गर्ने प्रदेशसभा सचिवालयको तयारी छ। प्रदेशसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले २८ गते सभामुखको निर्वाचन गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका थिए। दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते बसेको थियो।

बुधबार ज्येष्ठ सदस्य मानबहादुर रावलको कार्यकक्षमा बसेको दलका नेतासहितको छलफलपछि सभामुख निर्वाचनबारेको तालिका सार्बजनिक गरिएको हाे ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>