Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ पुष २४ गते आइतबार

कालंगागाडकाे बिद्युत शैल्यशिखरकाे बलाच सबस्टेशनमा जाेडेर लाईन परिक्षण गरिने । निर्माण कार्य  सम्पन्न ।
फायल फाेटाे

 बझाङको कालंगागाड जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दार्चुलाको बलाचस्थित सबस्टेशनमा जोडिने भएको छ। भोलि (सोमबार) बाट प्रशारण लाइनमा करेन्ट प्रवाह गरिने छ।

त्यसका लागि सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्बसाधारणलाई आग्रह गरेको छ।
बुंगल नगरपालिका र चिरवित्थड गाउँपालिकामा निर्माणाधिन आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकलको कार्य सम्पन्न भइसकेको छ।

आयोजनाका अनुसार सुनकडा–बलाच १३२ केभी प्रशारण लाइनमा पोल गाडने र लाइन खिच्ने काम पनि सम्पन्न भएपछि परीक्षण थालिने भएको हो।

भोलिबाट प्रशारण लाइनमा विद्युत चार्जिङ गरिने भएकाले टावर नजिक नजान जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्बसाधारणलाई आग्रह गरेको छ।

चिरबिथ्थड गाउँपालिका–८ रुपैलस्थित विद्युत गृहबाट शैल्यशिखर-१ बलाचमा रहेको सबस्टेशनसम्म विद्युत चार्जिङ गरिने कालंगागाड हाईड्राेपावरले जनाएकाे छ। कालंगाका ३ पावरहाउस (अपर कालंगा, कालंगा, सान्निगाड)  गरि करिव ६५ मेगावाट बिद्युत याे लाईन बाट प्रशारण हुने छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>