सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार फेरि मतदान हुने भएको छ । बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो ।
आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो । तर, सत्ता गठबन्धनका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे ।
भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो । रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।
हिजाे अनुपस्थित रहेका सान्सद मन्त्रि बन्ने मनसायमा रहेकाे र मन्त्रि अरुनै बनेपछि अनुपस्थित रहेकाे नेताहरुले बताएका छन । आज ती सान्सद उपस्थित हुन्छन वा हुदैनन त्याे अहिले भन्न सकिने अवस्था तयार भै नसकेकाे नेता स्राेतले बताएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया