Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०७ गते शनिबार

प्रधानमन्त्री महिला क्रिकेट कप जित्दै सुदूरपश्चिममा खुसियाली थपे खेलाडिले । ।

 प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

इटहरीको जनता पार्कमा शनिवार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । यससँगै सुदूरपश्चिमले ८ टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचाल्न सफल भयो । 

पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश एकले तीन लाख रुपैयाँ पुरस्कार पायो । प्रदेश १ ले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी रहँदा चार विकेट गुमाएर भेटाउन सफल भएको हो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्टले २२, कविता जोशीले अविजित १९ र  कविता कुँवरले १२ रन जोड्न सफल भएका थिए । बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगीता राई र हिरनमायी रोयले समान एक/एक विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय १ रन बनाएको थियो । प्रदेश १ का लागि काजल श्रेष्ठ अर्धशतकीय पारी खेल्न दुई रनले चुकिन् । ६३ बलमा ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन् । यसैगरी अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए ।

सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर प्लेयर अफ दि सिरिज घोषित भइन् भने उत्कृष्ट ब्याटर समेत चुनिइन् । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार प्रात गरिन् । यस्तै उत्कृष्ट बलर मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित भइन् । 


#क्रिकेट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>