Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ माघ २२ गते आइतबार

पत्रकार महासंघ र उद्याेग वाणिज्य संघविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता ।

कञ्चनपुरको महेन्द्रनगरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । शनिबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर राष्ट्रिय माध्यामिक विद्यालयको प्राङगणमा मैत्रीपुर्ण फुटबल आयोजना गरिएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघले आगामी १ फागुनदेखि महेन्द्रनगर खुला मञ्चमा आयोजना गर्ने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको पुर्व सन्ध्यामा वाणिज्य संघ र नेपाल पत्रकार महासंघ दुई टिमविच प्रतियोगिता आयोजना गरिएको हो । उक्त मौत्रीपुर्ण फुटबल प्रतियोगितामा वाणिज्यले ६ र पत्रकार महासंघको टिमले ४ गोल गरेका थिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले मैत्रीपुर्ण फुटबल प्रतियोगिताले वाणिज्य संघ र पत्रकारविच थप उत्साह जगाएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले मैत्रीपुर्ण फुटबल प्रतियोगितामा स्वास्थ्यका साथै वाणिज्य संघ र पत्रकार महासघविच थप प्रगाढ सम्बन्ध हुने बताए ।


#फुटवल

प्रतिक्रिया