Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ माघ २६ गते बिहिबार

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने अडान लिइरहेका बेला नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।

आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै कांग्रेस नेताहरुले भने सक्रियता बढाएको छ ।

प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका थिए । सभामुख भीमबहादुर भण्डारीसँग बलायरले आपत्ति नै जनाएका थिए । बुधबारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै बलायरले आपत्ति जनाएका थिए ।

‘सभामुख साझा व्यक्ति भएका कारण यस्तो गर्नुहुदैन्थ्यो भन्ने हाम्रो भनाइ हो । यसमा हाम्रो आपत्ति छ’ कांग्रेस प्रदेश सभा सदस्य मेघराज खड्का भन्छन्

उनकाअनुसार सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रुपमा कांग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।

कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । कांग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी बुधबारको छलफलमा सहभागी थिए ।

नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठूलो पार्टीको हैसियतमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन नै दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>