Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ फागुन ०९ गते मङ्गलबार

गौरीगंगा स्पोर्ट्स क्लबको प्रथम साधारण सभा सम्पन्न ।

गौरीगंगा ११ स्पोर्ट्स क्लबको प्रथम साधारण सभा सम्पन्न भएको छ । मंगलबार गौरीगंगा नगरपालिका ८ बढैपुरमा साधारण सभा सम्पन्न भएको हो । 
साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख देवीदत्त कडेलले नगरको विकास गर्न एक ठाउँबाट मात्र नहुने बताउदै नगरको विकासमा युवा पुस्ताको खेलकुदमा सहभागीताका योजना बनाइ सहकार्य, लगानी गर्न तत्पर बताएका छन् ।
कडेलले सबै जना एकजुट भए मात्र आवश्यकताको पहिचान गरेर साझा योजनामा हातेमालो गरी सभ्य स्वास्थ्य समाजको निर्माणमा खेलकुदले पहिचान बनाउन सक्ने बताए । क्लबले प्रतियोगिताको आयोजना गरेर सुदूरपश्चिम  प्रदेश र राष्ट्रिय स्तरमा खेलकुदको क्षेत्रमा पहिचान बनाएको भन्दै प्रशंसा समेत गरेका थिए ।  
नगर उप-प्रमुख भोज बहादुर बमले गौरीगंगा नगरपालिका खेलकुदमय होस भनेर हरेक खेलकुदलाई सँगसँगै लगेर अगाडि बढाउने प्रयत्नमा रहेको बताउँदै बजेट विनियोजन गरेको समेत जानकारी दिएका छन् ।   

साधारण सभामा क्लबलाई महत्त्वपूर्ण सहयोग तथा योगदान गरेका गौरीगंगा ८–का अशोक जोशी र विमल चौधरीलाई सम्मान गरिएको थियो । 
 सभामा वडा १ का अध्यक्ष डबल बहादुर दियाकोटी, मसुरिया एकेडेमीका अध्यक्ष ध्वज बहादुर खाती,मसुरिया ब्याडमिन्टन क्लबका अध्यक्ष चक्र बहादुर कलेल,डिल्लीराम आचार्य, चन्द्र बम र टेक राज ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
यसै गरी सभामा आ.व.२०७४/०७५ र २०७५/०७६ को १८ लाख ३२ हजार २५० रुपियाँ आय र २४ लाख २३ हजार २९० खर्च प्रस्तुत गरिएको थियो । क्लबका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>