Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
झलारि
२०७९ फागुन १६ गते मङ्गलबार

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा ।

शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने नगर प्रमुख रणबहादुर महराले बताएका छन्।

बैजनाथ मन्दिरमा भोली लाग्ने मेला स्थलको अनुगमन गर्दै नगर प्रमुख महराले मणिकाधामलाई सौन्दरीकरण गरि शुक्लाफाँटाकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका हुन्। ‘त्यहाँ रहेका ताललाई आकर्षक बनाउन सरसफाईसँगै बाह्रै महिना पानी भरिभराउ हुने बनाउन आवश्यक छ,’ उनले भने, ‘तालमा थोरै पानी छ, तालमा बाह्रै महिना भरिभराउन गराउन बरिङ या अन्य विकल्पबारे अध्ययन गरेर काम अगाडी बढाउँछौं।’

नगर प्रमुख महराले मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन बैजनाथ मन्दिर व्यवस्थापन समितिलाई निर्देशन समेत दिएका छन्।

मणिकाधाममा प्रत्येक बर्ष फागुन शुक्लपक्षमा मेला लाग्ने गर्दछ। यहाँ कञ्चनपुर, कैलाली, डडेल्धुरा र भारतीय निकटवर्ती क्षेत्रका श्रद्धालुहरु दर्शन गर्न आउँछन्। मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वास छ। मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले समेत चिन्दछन्। धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ रहेको



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>