आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।
नेपालका लाग आसिफ शेखले नट आउट ८६ रनको अर्धशतकीय पारी खेले । १३० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाए ।
सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए ।
नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै सेमो कामेअ र सेसे बाउले दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।
जितसँगै लिग–२ मा नेपाल ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया