जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि उडान सुचारु गर्दै छ ।
नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो ।
यसबाट भारतीय नागरिकका बीचमा लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थल र आध्यात्मिक गन्तव्यका रुपमा प्रवर्द्धन हुने उनको भनाइ छ ।
एयरवेजले उडानको तालिकासमेत सार्वजनिक गरेको छ । जजिरा एयरवेजले आज अर्थात फागुन २५ गतेदेखि भैरहवाबाट सातामा तीनवटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्नेछ । जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको एकतर्फी भाडा कायम गरेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया