Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
काेहलपुर
२०७९ चैत ०७ गते मङ्गलबार

प्रथम कोहलपुर गोल्ड कप : नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी ।

बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी भएको छ । हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३-२)ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो ।

 
हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गर्ने सफल भएका थिए भने नवलपरासी ११ का खेलाडि टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए । दुबै टिमका कप्ताङ पेनाल्टी सुट आउटबाट गोल गर्ने सकेनन् भने हिमालय शेर्पाका गोलकिप्परले भने नवलपरासीका खेलाडि रन्जित चौधरी र मनिस मगरको गोल हुनबाट बचाएपछि विजयी हुन सफल भएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए । हिमालयन शेर्पाका कप्लाङ सुरेश कमाल र नवलपरासी ११ का कप्ताङ रन्जित आले रहेका थिए ।

 
नेपाली काँग्रेसका क्षत्रिय सभापति पोषण केसीले म्यान अफ द म्याच भएका हिमालयन शेर्पाका गोलकिपर क्रिसल मोक्तानलाई नगद ५ हजार हस्तान्तरण गरेका थिए ।

 
खेलको पहिलो दिनमा कोहलपुर रेसिङ साहारा क्लबले कपिल्पबस्तु ११ लाई (१५-१) हराउँदै विजयी भएको थियो भने दोस्रो दिनको खेलमा ब्वाईज यूनियन (काठमाण्र्डौं) र साहारा क्बल (भारत)  (१-१) बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट ब्वाईज यूनियन (काठमाण्र्डौं)ले साहारा क्बल (भारत)लाई (३-२) हराउँदै विजयी भएको थियो ।

 

रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र अधिकारीका अनुसार भोली दिउँसो ३ बजेबाट अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब (काठमाण्र्डौं) विच प्रतिस्पर्धा हुने जानकारी दिएका छन् । 


#फुटबल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>