Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत २२ गते बुधबार

पहिलाे पटक तस्कर सहित माेटरसाईल समत्याे प्रहरिले ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा दिन दुईगुना र रात चाैंगुना तस्करी बढिरहेको छ । भारतसंग सीमा जोडिएका क्षेत्र बेलौरी पुनर्वास बेलडाँडीबाट तस्करी बढिरहेको हो ।

 

तस्कर समूहले प्रतिबन्धीत कुखुरा सहितका लाखौँका समान तस्करी गरिरहेका छन् । खुलेआम भारतबाट भन्सार चोरी छलेर तस्कर समुहले समान ओसारपसार गरिरहेकाे स्थानीयकाे गुनासो छ ।

मंगलबार पहिलो पटक बेलौरी प्रहरीले तस्करीमा संलग्न मानिस सहित माेटरसाइकल पक्राउ गरी भन्सार चलान गरेको छ । यस अघि ईप्रका बेलौरीमा आउने नयाँ प्रहरी इन्चार्जले तस्कर नियन्त्रणका लागि पहल गरेको जस्तो गर्ने तर कहिलेकाहीँ समान मात्रै बरामद गरेपनि बार्गेनिङमा छाेड्ने गरेकाे आराेप थियो तर अहिलेका इन्चार्ज सन्दिप चन्द्र शाहले साहस गरी तस्करीमा संलग्न व्यक्तिलाई भन्सार चलान गरिरहेका छन् । 

ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज शाहले भारतबाट कुखुरा सहित तस्करी गर्दै आएका एक जनालाई पक्राउ गरी भन्सार चलान गरिएको बताए ।


उनका अनुसार बेलौरी नगरपालिका २ का किसन चौधरीले से०४ प ५६८३ नम्बरको मोटरसाईकलमा कुखुरा तस्करी गरिरहेको अवस्थामा स्थानीयकाे सहयोगमा बरामद गरेर भन्सार चलान गरिएको छ । चाैधरीकाे साथबाट झण्डै १ सय ७० किलो २८ हजार बढि रकम बराबरको प्रतिबन्धित कुखुरा बरामद गरी सराेकारवाला हरुकाे रहाेबरमा नष्ट गरिएकाे हाे । 


भारतसंग सीमा जोडिएको बेलौरीका सीमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ भएपनि स्थानीयले समान समात्नुपर्ने बाध्यता देखिएको बेलाैरी पुनर्वास कुखुरा व्यवसायी संघले जनाएको छ । तस्करका कारण नेपालका कुखुरा व्यवसायी धरापमा परेको उनीहरूको कथन छ । तस्करीमा संलग्न सहित पक्राउ गरेर कार्बाही गरे मात्रै यसक्षेत्रमा चाेरी तस्करी राेकिने स्थानीयको सुझाव छ ।


प्रहरीले शुरुसुरुमा तस्कर नियन्त्रण गरे जस्तो गर्ने पछि लाईन मिलेपछि खुकुलो गर्ने प्रवृतिले सीमावर्ती क्षेत्रमा तस्करी नरोकिएको कुखुरा व्यवसायी संघको जिकिर छ । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>