Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
घनश्याम पाैडेल
२०८० बैशाख १० गते आइतबार

चौथो गौरीगंगा मेयर कप महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८० को तयारी पुरा ।

कैलालीको गौरीगंगा नगरपालिकामा आज आइतबार देखि स्थानीय तह स्तरीय महिला तथा पुरुष मेयर कप फुटबल हुने भएको छ ।

आइतबार बैशाख १० गते देखि १७ गते सम्म संचालन हुने महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलमा आयोजकले जानकारी  दिएका छन् ।

" युवाहरुमा अनुशासन, लागु औषध दुर्व्यसन न्युनिकरण र सामाजिक सद्भावका लागि खेलकुद प्रोत्साहन " भन्ने नाराका साथ गौरीगंगा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका संयोजक तथा नगर कार्यपालिकाका प्रवक्ता बिष्णु प्रसाद भाटले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारीले उद्घाटन गर्नेछन् ।
उद्घाटन खेलमा आयोजक गौरीगंगा नगरपालिका र  भजनी नगरपालिकाको टीम भिड्नेछन । गौरीगंगा नपा ८ को खेल मैदान संचालन हुने प्रतियोगितामा पुरुषतर्फ कैलालीका ८ स्थानीय तहका  टिम र महिलातर्फ ६ टिमको  सहभागिता रहने छ ।

प्रतियोगिताको विजेतालाई दुबै बिधामा ट्रफी सहित नगद १ लाख र उपविजेतालाई ट्रफी सहित नगद ५० हजार  पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५  हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद ५ हजार पुरस्कार दिइने छ ।

नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, खेलाडीको आत्मविश्वास बनाउन तथा युवालाई खेलकूदको माध्यमबाट नगरपालिकाको पहिचान बढाउन अभिप्रेरित गर्नका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख देवीदत्त कडेलले जानकारी दिए ।


#मेयर कप फुटबल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>