Samriddhipost
२०८१ मङि्सर ११ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख १३ गते बुधबार

तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता दोधारा चाँदनीमा शुरु

दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले मंगलबार एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप लिक आउट टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन गरेका छन् ।

मंगलवार देखि सुरु गरिएको दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप लिकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी २० गते सम्पन्न हुने आयोजक संस्था खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले जानकारी दिएका छन् ।

तेस्रो मेयर कप लिकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन सत्रमा शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व नगरउप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष पदम सिंह रावल, हरिसिंह धनाडी, केशव खत्री, खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापा, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, सशस्त्र प्रहरीका डिएसपी भिम चन्द, हिमालय उपभोक्ता मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंह, शुदुरपश्मिाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्री, कोषाध्यक्ष धनसरा चन्द लगाएत खेलप्रेमी तथा खेलाडीहरुको बाक्लो सहभागिता रहेको थियो ।

शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले चुनावको बेला आफुले दोधारा चाँदनी नगर क्षेत्रमा रहेको खेलमैदानमा मिनी स्टडियम बनाउने बाँचा गरेको हुदा आफुले चुनावको बेला गरेको बाँचालाई पुरा गर्ने बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा खेलाडी उत्पादन भएपनि उनिहरुलाई मार्गदर्शन तथा सहयोगको खाँचो रहदै आएको बताउदै आगामी दिनहरुमा प्रदेश सरकारबाट खेल र खेलाडीहरुलाई सहयोग गर्नको लागी आफु पछि नहट्ने शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले बताएका छन् ।

उद्धघाटन सत्रमा खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानालाई ज्ञापन पत्र बुझाउदै नगर क्षेत्रको खेल बिकासमा सहयोग गर्न आग्रह गरेका छन् । खेलको माध्यमबाट समेत नगर क्षेत्रलाई चिनाउने भएको हुदा खेल र खेलाडीहरुको लागी प्रदेश सरकार र स्थानिय सरकारले लगानी लगाउनु आवश्यक रहेको खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले औल्याएका छन् ।

प्रतियोगिताकाका विजेतालाई नगद रु. ५१ हजार र उपविजेता टोलीलाई नगद रु. ३१ हजार धनरासी र कप प्रदान गरिने खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् । प्रतियोगितामा दोधारा चाँदनीका ८ क्रिकेट टिमले सहभागी जनाएको छ् ।


#मेयर कप

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>