Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०७ गते आइतबार

यौन धन्दा गरेको आरोपमा भिमदत्त बाट ५ युवती पक्राउ
साङ्केतिक तस्बिर

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले यौन व्यवसायमा संलग्न रहेको आरोपमा तिन जना युवती सहित ५ जना पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर १ भाषी जनज्योतिचोक नजिक डेरा गरी बस्दै आएका तिन जना युवतीलाई यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले जानकारी दिए ।
उनीहरुलाई शनिबार दिउसो ४ बजेतिर पक्राउ गरीएको हो । प्रहरी नायव उपरिक्षक डाँगीका अनुसार युवतीसंगै २ जना युवक पनि पक्राउ परेका छन् । तिन जना युवतीले दुई रुम लिएर बस्दै आएको खुलेको छ ।
ति युवतीहरुको डेरामा पुरुष मानिसहरुको आउजाउ निकै बढेको स्थानीयहरुले गुनासो गरेपछि प्रहरीले कारवाही अगाडि बढाएको हो । विगत केहि दिनदेखि युवतीहरुको कोठामा पुरुष मानिसहरुको आउने जानेक्रम बढ्नुका साथै पहिचान विनाका पुरुषहरु धेरै आउने गरेको स्थानीयहरुबाट गुनासो आएसंगै उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुको रुमबाट यौन पेशामा संलग्न हुने कुनै पनि संकासपद बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डाँगीले बताए ।
‘स्थानीयहरुको गुनासो आएपछि हामीले उनीहरुको रुपमा छापा मारेका हौँ, हामी जादा खेरी एउटा कोठामा युवा र युवतीहरु बसिरहेका थिए’, सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डाँगीले भने ‘उनीहरुको कोठाबाट यौन पेशामा संलग्न हुने कुनैपनि त्यस्तो संकास्पद बस्तु भेटिएको छैन ।’
उनीहरुमाथि थप अनुसन्धान भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डाँगीले बताए । ‘स्थानीयहरुको गुनासो बारेमा अध्ययन गरिरहेका छौ, उनीहरुले भनेजस्तो यौन व्यवसायमा संलग्न भए नभएको बारेमा थप अनुसन्धान गरिरहेका छौ’ डिएसपी डाँगीले भने ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>