Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन १० गते बुधबार

सुदूरपश्चिमको छुट्टै पहिचान बोकेको गोरा पर्व आखिर कहिले?

गाैरा पर्व कहिले हुने भन्ने विभिन्न बहसहरु चलिरहेका छन । ज्योतिषहरूले गणना गर्दा दुर्वाष्टमी अर्थात् गौरा पर्व लाई निर्धारण गर्ने एक मुख्य माध्यम अगस्ति ताराकाे उदय रहेकाे छ । उक्त ताराकाे उदय पुर्व नै गाैरा मनाउनु पर्ने । अथवा उदयपछि गाैरा मनाउन नहुने मतमा देशैभरिका ज्याेतिस एकमत रहेका छन । सरकारकाे संस्था पन्चाङ्ग निर्णायक समितिले भाद्र ७ गते र अरु ज्याेतिसहरुले भाद्र २१ गते गाैरा मनाउने दिन तय गरेकाे देखिन्छ ।

समस्या के हाे ?

पन्चाङ्ग निर्णायक बिकास समितिले स्वीकृति दिएका पन्चाङ्गमा अगस्ति ताराकाे उदय २० गते राखेकाे र अरु ज्याेतिसहरुले २३ गते सम्म उदयकाे समय राखेपछि बिवाद भएकाे हाे ।

कैलालिकाे अक्षांस देशान्तर २८:४१ रहे अनुसार गणना गर्दा अगस्ति तारा २३ गते बिहान ५ बजेर १७ मिनेटमा उदाउने देखिन्छ । सुदुरका पहाडि जिल्ला बझाङ्ग चैनपुरकाे अक्षांस देशान्तर २९:३३ लाई आधार मान्दा २४ गते मात्रै तारा उदाउने देखिन्छ ।

यस्तै काठमाडौंकाे २७:४२ अक्षांस देशान्तर लिएर अगस्ति ताराकाे उदय निकाल्दा भाद्र २० गते हुने देखिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिले काठमाडौलाई केन्द्र बनाएर अगस्तोदयको समय तोकेकाले ७ गते गाैरा बनाउने तिथी तोकेको र सुदुरपश्चिमलाई आधार मान्दा २१ गते गाैरा बनाउने तिथि ताेकेका छन ।
मंगलबार धनगढिमा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयाेजना गरेकाे कार्यक्रममा काठमाडौको अगस्तोदयको आधारमा भन्दा सुपलाई कुनै अप्ठ्यारो नहुने शास्त्रसम्मत मिलेको दिन भाद्र २१ मा दुर्वाष्टमी मान्ने भन्ने सहमति भएकाे सहभागी ज्याेतिसहरुले बताएका छन


#गाैरा पर्व

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>