Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २५ गते सोमबार

छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिताको फाइनलमा सिहपाल र झिलमिला "बि"

पवन कुमार थापा 

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छन् ।

आइतबार भाद्र २४ गते भएको छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० को पहिलो सेमिफाइनल खेल वाई बि स्टार र सिहपाल युवा क्लब बेलडाँडी-२ बिचको रोमाञ्चक खेलमा वाई बि स्टार लाई ०-१ गोलको अन्तरले हराउँदै सिहपाल युवा क्लब फाइनल प्रवेश आयोजक क्लबका सचिब धन बहादुर महताले बताउनु भयो।

सचिब महताका अनुसार , उक्त दिन भएको दोस्रो सेमिफाइनल खेल झिलमिला युवा समाज "बि" र बेलौरी नगरपालिका वडा न-९ बिच भएको प्रतिस्पर्धात्मक  खेलमा बेलौरी नगरपालिका वडा न.९ लाई ०-७ गोलको अन्तरले हराउदै फाइनलको यात्रा पक्का गरेको हो। उक्त प्रतियोगिताको फाइनल खेल भाद्र २७ गते सिहपाल युवा क्लब र झिलमिला युवा समाज "बि" बिच प्रतिस्पर्धात्मक खेल हुने छ।

प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल हात पार्ने छन् । भने प्रतियोगिताका विभिन्न विधाका खेलाडी लाई पनि पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा २० टिमले सहभागिता जनाएको थियो।

प्रतियोगिताको फाइनल खेल संगै समापन कार्यक्रम भाद्र २५ गते हुने भएको थियो। उक्त खेल अविरल वर्षाका कारण खेलमैदान र खेलाडी लाई मध्यनजर गर्दै आयोजक क्लब अल स्टारको आकस्मिक बैठकले प्रतियोगिताको फाइनल खेल र समापन कार्यक्रम भाद्र २७ गतेका लागि सारेको सचिव महताले जानकारीका लागि सूचना जारी गरेको बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>