कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ का ३ जना किशोरलाइ नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ की १६ वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ का अन्दाजी १८ वर्षिय खेम सिह साँउद , १९ वर्षिय अरबीन महता र १७ वर्षिय नाबालक रहेका छन् ।
यहि भाद्र १५ गते गौरा पर्वमा मेला हेर्न गएकी नाबालिकालाइ ललाइ फकाई नजिकै रहको उखुबारीमा लगि बलात्कार गरेको उजुरीमा उल्लेख गरीएको छ । त्यसपछि भाद्र १९ गते दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ मा रहेको मायापुरी सामुदायिक बनमा लगि बलात्कार गरेका खुल्न आएको छ ।
प्रहरीले प्रक्राउ गरेका ३ जना र पिडितलाई स्वास्थ्य परिक्षणको लागि महाकाली प्रदेशिक अस्पतालमा पठाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया