Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १६ गते सोमबार

सात बर्ष बित्दा पनि बनेन पुल, भएन कार्वाहि, झुकायाे शिर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा पुल निर्माणको काम सात वर्षदेखि अधुरै छ।

पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीयले खोला तर्दा भोग्नुपर्ने सास्ती कायमै छ। बंक–नाइल–बुडर सडकअन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि २०७३ भदौमा थेगिम–गाल्वा जेभीसँग सम्झौता भएको थियो। सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पुलका दुई स्पानमध्ये सात वर्षको अवधिमा एउटा स्पान मात्र बनेको छ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाटले जनप्रतिनिधिका हैसियतले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरिएको बताए। कहिलेकाहीँ काम गरेजस्तो देखाएर जनता झुक्याउने काम निर्माण कम्पनीले गरिरहेको उनले बताए। सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पाँच करोड ४७ लाख रूपैयाँ लागत रहेको पुलको लम्बाइ ७० मिटर छ।

डिभिजन कार्यालयका सूचना अधिकारी तारानाथ सिग्देलले पुलका दुईमध्ये एउटा स्पानको काम बाँकी रहेको बताए। सुरुको सम्झौताअनुसार एक वर्षमा काम सक्नुपर्ने भए पनि सात वर्षको अवधिमा करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको उनले बताए। कानुनअनुसार दैनिक हर्जाना तिरेर दुई सय दिनभित्र पनि काम पूरा नगरे ठेक्का तोडेर कारबाहीको प्रक्रियामा जाने सिग्देलले बताए।

कृष्णपुर वडन १ का अध्यक्ष माेहन बहादुर बस्नेतले याे निर्माण कम्पनिका कारण शिर निहुर्याउने काम भएकाे पटक पट्क सम्बन्धित कार्यालय र निर्माण ब्यावसायि खबरदारि गर्दा समेत काम नभएकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>