भीष्म जाेशी -
लोकतन्त्र अहिलेको राजनीतिक परिवेशको सबैभन्दा प्रिय शब्द। अब्राहम लिंकनका शब्दमा भन्ने हो भने जनताले जनताका लागि जनताद्धारा गरिने शासन । जहाँ पनि जनता जोडिने कति मिठो शब्द । लोकतन्त्र लाई व्याख्या गर्दा वा अगाडि तन्काउदा : लोकतन्त्रमा जननिर्मित लिखित संविधान हुन्छ, संबैधानिक सर्बोच्चता, कानुनी शासन, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रता, नियन्त्रणत्मक शक्ती, आवधिक निर्वाचन, वालिग मताधिकार, पुर्ण प्रेस स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, शाक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनका प्रावधान, न्यायिक पुनरावलोकन, संसोधनिय संबिधान, सिमित सरकार र अधिक नागरिक स्वतन्त्रता, प्रतिस्प्रधात्मक बहुदलीय व्यवस्था, आर्थिकस्वतन्त्रता, उदारीकरण, बिकेन्दृकरण, स्थानीय स्वायतता, जनमतको महत्व, प्रतिनीधित्व प्रणाली, बहुमतको शासन, अल्पमतको सम्मान, दलीय ब्यवस्था, सामाजिक, राजनीतिक, आर्थिक सबैखाले खुलापन, सबैखाले स्वतंत्रता भनौ वा यि बिषेशता सहित सभ्य र सस्कार युक्त शासन प्रणाली हो लोकतन्त्र । यसै प्रणालीलाई नै लोकतन्त्र भनिन्छ। लोकतन्त्रका आयाम लाई समृध बनाऊन सकियो भने यो व्यबस्थाले जनतालाई केहि समय राहत दिन सक्छ तर जनतालाई मुक्ती दिदैन। पुजीवादी लोकतन्त्रको आर्थिक आधार नाफा प्रणालिमा अडेको हुन्छ । जहाँ सामुहिक काम र निजी स्वामित्व रहेको हुन्छ र यो व्यवस्था नाफामा टिकेको हुन्छ । यो नाफाले नै जनमानसमा घर गरेको हुन्छ। यस्तो लोकतन्त्रको निर्माण अहिले पच्छीलो समयमा मात्र एक्कासी सम्भब भएको भने होइन । लोकतन्त्र यो अवस्थामा आइपुग्न मानब सभ्यता सुरु भए देखी नै मानबले बिकास गरेका थुप्रै बौद्दिक प्रयासको फलस्वरुप यो व्यबस्था अहिले निर्माण हुनपुगेको हो। यसकालागी मानबजातीले गरेको बलिदान हेर्ने हो भने अहिलेको हाम्रो मस्तीस्कले कल्पनासम्म पनि गर्न सक्दैन होला की तेति धेरै मानबबलिको जगमाथी बनेको छ यो ब्यवस्था।
हाम्रो देशमा पनि करिब सय वर्ष अघि देखिको बलिदानीपुर्ण संघर्षबाट लोकतन्त्र प्राप्त भएको हो। संविधानको लिखतमा लोकतन्त्र भए पनी व्यबहारिक रुपमा यो व्यबस्थाले अझै सस्थागत स्वरूप लिइसकेको भने छैन। जनप्रतिनिधिहरुको सभा सम्बिधानसभाबाट पारितगरी नेपालको संबिधान २०७२ मा जारी भएको हो । संविधान सभाबाट संविधान बनाउन नेपाली जनताको सातदशक लामो बलिदानीपुर्ण संघर्ष रहेको छ। संविधान सहमतिको दस्तावेज हो । यसमा थुप्रैका थुप्रै असहमति होलान् । यसलाइ स्वभाविक रुपमा लिनुपर्छ। किनकि संविधान तत्कालीन राजनीतिक शक्तिसन्तुलनका आधारमा निर्माण भएको हुन्छ । यो जनभावनाअनुसार समय संगै संसोधन भइरहेकै हुन्छ । संविधानमा असहमति हुनेहरूले पनि संविधानको कार्यान्वयन मा सहयोग गरिरहेकै हुन्छन । यसको पछाडिको कारण यो व्यबस्था प्राप्त गर्न नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, ससस्त्र संघर्स, त्याग र बलिदानको गौरवपुर्ण इतिहासबाट प्राप्त उपलब्धि नगुमुन र सस्थागत हुन भन्ने नैहो । असहमति हुनेहरूले आफ्ना असहमति पुरा गराउन निरन्तर संघर्स जारी राखी राख्नु पर्दछ । व्यवस्था राम्रो हुदैमा यसका लाभहरु आफै जनतामा पुग्दैनन । यसकोलागि यसका चालकहरु पनि कुसल हुनु जरुरी हुन्छ।
हाम्रो व्यवस्थामा स्वतंत्र न्यायपालिका बाहेक कार्यपालिका र व्यवस्थापिका दुबै निकायमा राजनैतीकदलको तर्फबाट पठाएका जनप्रतिनिधिहरु हुन्छन र तिनले नै शासन सन्चालन गर्दछन। न्यायपालिकाले संबिधान र न्यायका मान्यसिदान्तको अधिनमारही न्यायसम्बन्धि अधिकार अदालतबाट प्रयोग गर्ने गर्दछ। यो एउटा काम बाहेक अरु राज्यसञ्चालनका सम्पुर्ण काम ब्यवस्थापिका र कार्यपालिकाले गर्दछन । जँहा राजनीतिक दलका नेताहरु जनप्रतिनीधिको रुपमा रही शासन सञ्चालन गरिरहेका हुन्छन । निष्कर्षमा भन्दा यही व्यवस्थालाई नै बहुदलीय प्रजातन्त्र वा लोकतन्त्र भनिन्छ। अर्कोतिर यसको जगमा टिकेको सम्पन्नहरूकालागी मात्र प्राप्त स्वतन्त्रता सहितको शासन ब्यवस्था हो पूँजीवादी लोकतान्त्रिक शासन व्यवस्था। यसले व्यापक जनतालाई दमन गरेर थोरैलाई मात्र स्वतन्त्रता प्रदान गरेको हुन्छ । यो सिमित धनीहरुको अधिनायकत्व रहेको शासन व्यवस्था हो । यसलाई अल्पमतद्वारा बहुमत माथिको शासन भनिन्छ। समाजबिज्ञानको नियम केहो भने समाज गतिशिल हुन्छ ।कुनैपनी चिज शुन्यतामा रहदैन झन राजनीति र समाज त सुन्यतामा रहने कुरै हुदैन । अवको नेपाली राजनीतिको गन्तव्य समाजबाद नै हो जुन कुरा हाम्रो संविधानले स्वीकार गरिसकेको बिषय पनि हो । तर समाजबादमा पुग्ने बाटोको सहि पहिचान गर्नुनै आजको नेपाली बिचारकहरुको बहसको मुख्य बिषय हो । हाम्रो समाजले लोकतान्त्रिक शासनप्रणाली लाई नै सहिढंगले आत्मसात गरिनसकेको परिवेशमा लोकतन्त्रलाई नै समाजबाद होकि भनी ठान्नुलाई पनि गलत भन्न नसकिएला तर लोकतन्त्र लोकतन्त्र नै हो र समाजवाद भिन्नै विषय हो ।
अव हाम्रो समाजतर्फ लागौ समाज विकासको आफ्नै नियम र नियति हुन्छ । यि दुईटै निर्माणको पछाडि समाजमा बस्ने मानिसको भुमिका सबभन्दा महत्त्वपूर्ण हुन्छ। नेपाली समाज पश्चिमासमाजको तुलनामा विकासमा धेरै पछाडी छ । केहि हाम्रा मौलिकता, सामाजिक, सांस्कृतिक र आध्यात्मिक बैभवका दृष्टिमा अब्बल हुदा हुदै पनि हामी आधुनिक समृद्धि र बिकासमा पछाडि छौ । हाम्रो समाज पछाडि पर्नुका बहुआयामिक पाटा होलान र छन केहि पाटोहरु मध्येको एउटा आर्थिक पाटो पनि मुख्य हो। नेपाली समाज किन पछाडि पर्न गयो त भन्दा यसका पछाडीका केहि तथ्यगत कारण निम्न हुन :
सन १८१६ को सुगौली सन्धि जसका कारणले गर्दा हामीले हाम्रो ठूलो भूमि मात्र गुमाउनु परेनकि यसले शासकहरुमा आजको मितिसम्म मानसिक त्रासको अवस्था बिध्यमान रहीरहेकोछ। सोही समय देखि हामी अर्धउपनिवेशको नियति भोग्न बाध्य छौ। यस्ले बिकास गरेको लाहुरे सस्कृति झनपछी झन अटुट सत्य बन्दै गइरहेको छ। किनकि २०० बर्ष देखी कुनै देशका युवा निरन्तर केबल अरुकसैको सेवक बन्न मात्र मुलुक छोडेर बाहिर जान्छन भने त्यो देशको समाजको मष्तिष्कमा बिदेश गई सेवक बन्नुनै ब्लू प्रिन्ट भई बस्दो रहेछ र नियति को रूपमा स्विकार्नु पर्दोरहेछ । हाम्रा युवा जमातमा बिदेस जाने महारोग अब निको नहुने गरी दीर्घरोगको रूपमा रहेको को हो कि जस्तो बनेको छ। हाम्रो बानीको विकास नै सामाजिक र राजनैतीक दुबैरुपले कठिन बन्दै गएको छ। राजनीतिक रुपले त उपचारको सट्टा झन बल्झाउन उत्प्रेरकको भूमिका खेलिइरहेको छ। यसका कारण शासकमा मात्र नभई नेपाली समाजमा पनी कसरि गाडिएर बसेको छ त लाहुरे सस्कृतिभन्ने नै हो। यसको पछाडीको कारण कहील्यै खोजिन्न केवल दैनिक गुजारा मात्र कारण देखाइन्छ । शासकसित र समाजसित यसको एउटै बनिबनाऊ जवाफ छ गरिबीको पिडा। यदी यही हो भने २०० बर्ष पहिला र कति सयौं बर्ष पछाडि सम्म गइराख्नु पर्ने होला त हाम्रा युवायुवतीलाई विदेशी भुमीमा सस्तो श्रम बेच्न, जवाफ कँहीकतै केहि भेट्टिन्न। नेपाली समाजको पहिलो अकाट्य सत्यहो यो ।
दोस्रो कारणहो देशको आन्तरिक राजनीति र अर्ध सामन्ती व्यवस्था । राजनीतिकरुपले नेपाल अहीले सम्म स्वतन्त्ररुपले लोकतान्त्रिक गणतन्त्र भनिए पनि सो हुन सकेको छैन जसको समान्य उदाहरण हो ६५ बर्ष लाग्नू सम्बिधान सभाबाट सम्बिधान बन्न यसको पछाडि को बाधक थियोे निरंकुश सामन्ती राजतन्त्रात्मक शासन । यो भन्दा पहिलाको शासन प्रणाली कस्तो थियो भनिरहनु पर्दैन।
तेस्रो कारण हो गलत रुपमा रहेका अन्धबिश्वासहरु सस्कृतिमा, धर्ममा, सामाजिक परम्परामा, बिबिधताकोनाममा , जातीय बिभेद, बर्गीय, सम्पति , आर्थिकसंरचनामा, लैङगिकतामा, भूगोलमा, भाषामा, क्षेत्रीयतामा, शासकिय संरचनामा रहेका विभेदहरु । जुन प्रस्ट देखिन्छन यी कारणपनी अर्ध सामन्तवादकै उपज हुन जसलाई हामी हाम्रा बाध्यता ठानी रहन्छौ।
चौथौ कारण हो शिक्षा चेतना, यसमा पनी हामी कतिपछाडी छौ कती। जसका कारण मानबीय सम्बन्ध नै केहो ? मानबता नै केहो ? अरु प्राणी भन्दा हामी किन भिन्न छौ ? भन्ने कुरा नै छुट्टयाउन कठीन पर्छ। आधा भन्दा बढी जनसंख्या साक्षर सम्म बन्न नसक्नु ज्वलन्त उदाहरण हो। कथित पढा लिखा पनी अधिकांस औपनिवेशिक मानसिक्ता कै हुनु झन बिडम्बना हो। जो नोकर मानसिकता भन्दा माथी उठ्न सकेका छैनन।
पाचौ कारणको रुपमा रहेको छ, अहिलेको अवसरबादी राजनीति जो माथी उल्लेखित कारणहरु मध्ये सबैभन्दा महत्वपूर्ण, बढी हानिकारक र प्रत्युत्पादक छ। यसले नै अहिले सबैकुराको नेतृत्व गरिरहेको छ । किनकि राजनितिमा अवसरबाद यतिधेरै खतरनाक हुन्छ की यसको कुनै ठेगान नै हुदैन की यसले कतीखेर के कदम चालछ । यो पुर्बानुमान योग्य हुदैन । किनकि यो सित न आपनो राजनीतिक बिचार हुन्छ , नसिद्दान्त हुन्छ, नआपनो अडान हुन्छ ,न कुनै दृस्टिकोंण नै । योसित हुन्छ त केबल ब्यक्तिवादी सोच, भ्रम, झुट, ठग प्रबृति, बैचारिक दिवलियापन, संगठनको नाममा अराजक र आपराधिक मनोबृति बोकेका हरुको झुण्ड। यस्तो राजनीति भनेको दलाली हो। दलालहरुको आफ्नो भन्ने केहि हुदैन तर उनिहरु अरुलाइ झुक्याएर आफ्नो दुनो सोझ्याइ रहेका हुन्छन । जस्तो कुनै ब्यवसायमा दलालको न त्यहाआपनो उत्पादन हुन्छ, नत कुनै बिक्रि केंद्र नै तर बिक्रेता र उत्पादकको भन्दा कयौं गुणा बढी लाभ त त्यी दलाल विचौलियाले लीईरहेका हुन्छन्। यस्तै हो अवसरबादी राजनीति जहाँ उनीहरुसित न आपनो बस्तुनिस्ठ सिद्दान्त हुन्छ, नसङ्गठनमा अनुशासन हुन्छ, नकुनै बर्गीयपक्षधरता नै । यिनले सबैकुरा जोडजाम गरेर जनतालाई भ्रममा पार्ने डिग्री र कला प्राप्ति गरेका हुन्छ्न । जनता लोभ्याउँन प्रतिस्प्रधाको गुलियो नारा पस्कन सफल भईरहेका हुन्छन । यीनका सबै गतिविधिमा नक्कलि सजिसजावट मात्रै हुन्छ । सबैकुरा केबल भ्रममा टिकेको हुनाले जनताको भोट बटुल्न र भोट पाए पछी जनताको समस्या समाधान गर्न होइनकी जनताका समस्यालाई झन बल्झाउन थप्न प्रयत्नशील हुन्छन । बिचार र सिद्धान्त बिनाको राजनितिलाइ राजनीतिको संज्ञा दिनै सकिदैन तर बिडम्बना हाम्रोमा यथार्थ जो छ । समाजबाद कठिन बैचारिक जगमा निर्मित सुन्दर र सभ्य मानवीय वैभव हो जहाँ मानव मात्रका बीचमा विभेद र असमानता रहेका हुदैनन ।
देशमा विद्यमान बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगालिक बिबिधता, बिबिधता बीचको एकता ,सामाजीक र सांस्कृतिक सहिष्णुतालाई सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्ने हाम्रो आजको अहम दायित्व हो तर विडम्बना संघीयताले यी सबैखाले एकतालाई बिभाजित बनाउने प्रयत्न गरिएको छ । संघीयता हाम्रो अग्रगमनको पहिलो बाधक हो । आर्को अहिले नेपाली समाजको आँखा अगाडिको यथार्थताको प्रतिबिम्ब जुन छ त्यो हो अवसरबादी नेपाली राजनीति।
अब समाजबाद्का केहि कुरा गरौ । बिपि कोइरालाले समाजवादको परिकल्पना गर्दा धेरै ठुलो कुरा गरेनन उनले तत्कालीन नेपाली समाजको अवस्था बिस्लेशण गर्दै भनेका छन, समाजबाद भनेको प्रतेक नेपालीको मेरो जत्तिकै जीवनस्तर होस, कम्तीमा हरेक परिवार संग एक हल गोरु, एक वा दुइटा गाइ र सानो खेतिहोस । यो नै आदर्श परिवार हो र सुखी परिवार हो भनेका थिए । यो समाजबाद्को तत्कालीन बिचार थियो उनको । अहिले पनि नेपाली जनताको जनजीवन रूपमा फेरिएको देखिए पनि सारमा भने त्यही सात देखि सत्र सालकै स्थिति बाट गुज्रिरहेको छ । त्यतिबेला बरु वैदेशिक ऋण थिएन, नेपालले खाध्यान लगायत अरु थुप्रै बस्तुहरु अहिलेको जस्तो आयात होइन बरु निर्यात गर्थ्यौ । तर अहिले हामी पुरै परनिर्भर छौ र वैदेशिक ऋणमा डुबेका छौ । स्वावलम्बनको नाममा हामी संग सियो सम्म आप्नो उत्पादन छैन । यस्तो उत्पादन शुन्य उत्पादन प्रणालीको जगमा उभिएको छ नेपाली समाज र राजनीति । राजनीतिमा रहेको सिद्धान्त र बिचार बिहिनताले राजनीतिमा अवसरवाद र दलालिकरण मौलाएको छ जुन नेपाली समाजको घातक चित्र हो । हाम्रो समाज पुजीवादी नभई पुरानो अर्ध सामन्ती समाज नै हो । केही मध्य युगिन बिशेषशता हरुका मिसावटबाट मुक्त होला र आफूलाई सभ्य ठानेको मात्रै होला अहिले । हामीलाई पुजीवादी क्रान्तिले पर्खिरहेको छ । हामीले पुजीवादका चरीत्र र बिशेषताहरुको सिडिहरु नचढि पुजीवादको उपभोग नै नगरि समाजवादमा प्रबेश कसरी गर्न सक्छौ र ?
हाम्रो संबिधानको प्रस्तावनामा भनिएकोछ, कानुनी राज्य लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजबाद प्रति प्रतिबद्द रही समृद्द रास्ट्र निर्माण गर्ने। यो बहुलबादमा आधारित प्रतिस्प्रधात्मक बहुदलिय संसदीय शासन प्रणाली हो। गम्भीर प्रश्न यहि हो, लोकतन्त्र नीष्ठा, आदर्श, आस्था, बाध्यता वा नियमित राजनैतीक प्रकृया के हो ? यहि प्रश्नको न्यायोचित जवाफ नै समाजबादमा जाने प्रथम खुट्किलो पनि हो। संबिधान परिबर्तनीय दस्तावेज हो, तर संविधानको सन्सोधन समाजबाद हो त ? संबिधानमा समाजबाद सम्बन्धी के लेखिएको छ त्यता पट्टी नलागौ। लोकतन्त्र वा समाजबाद के हो ? हामी यतिमै रमाउछौकि अगाडि बढ्छौ भन्ने अहम र गहन विषय हो। समाजबादमा जाने बाटो खन्ने काम राजनीतिक दलको हो र त्यो राजनीतक दलको दस्तावेज मा कोरिन्छ । त्यतातिर हामी यो लेख मार्फत जान सक्दैनौं । हामी लेखकहरुले समाजबादी दल र जनतालाई उत्प्रेरित मात्रै गर्न सक्छौ कि समाजबाद लोकतन्त्र भन्दा हजारौं गुणा बढी जनपक्षिय र हितकारी ब्यवस्था हो ।
लोकतान्त्रिक प्रणालीलाई नै समाजबाद ठान्ने दलहरू पनि छन। लोकतन्त्रलाई माथी भनिएजस्तै निष्ठा, आदर्श, सपना,आस्था, विश्वास र उच्चतम राजनीतिक ब्यवस्था ठान्नेहरूका लागि सबैथोक लोकतन्त्रनै हुन आउछ । उनीहरूका लागी यहि लोकतन्त्रनै समाजबाद हो किनकि राजनीति बर्गिय हुन्छ , कुनै समयको दास व्यवस्था पनि कसैका लागी स्वर्ग नै थियोे । तर हामिले लोकतन्त्रलाई समाज बिकासको क्रमिक रुप मात्रै ठान्छौ। समाजले यो लोकतान्त्रिक चरणमा आईपुग्न निकै चरण पार गरेर अएको हो । लोकतन्त्र पनि राजनैतीक बिकासको नियमित गतिशील र क्रान्तिकारी प्रकृया हो। नेपालको सन्दर्भमा निरंकुश सामन्ती राजतन्त्रको लगत्तैपछि आएको क्रान्तिकारी शासन ब्यवस्था हो वहुदलिय लोकतन्त्र। बल्ल यसको ब्यबहारिक कार्यान्वयन हुने प्रक्रिया सुरु भएको मात्रै त छ।
लोकतान्त्रिक प्रणालीबाट समाजबादमा कसरी जाने भन्ने विषयमा आवश्यक गहन छलफलनै आजको नेपाली बौद्दिक समाजको दिमाग चक्करराइराखेको बहसको मुख्य बिषय हो। आज नेपाली राजनीतिमा सक्रिय सवै दल, समूह र व्यक्तिहरूको मुखमा झुण्डिएको पृयशब्द हो समाजबाद। किनकि आजको नेपाली राजनीतिक बजारको मूल्यवान बिकाउ माल हो समाजबाद। पुजीवाद नै आफैमा एउटा लोभ लाग्दो र भयंकर शासन ब्यवस्था हो । यसको उदाहरणका रूपमा स्क्यान्डेभियन देश हरुलाइ लिन सकिन्छ । समाजबाद यो भन्दा सयौं गुणा बढी लोभलाग्दो शासन ब्यवस्था हो । यसको माली केवल कम्युनिस्ट पार्टी मात्रै हुनसक्छ र हो पनि । अरु त केवल समाजबाद्को बगैंचामा रमाउन आउने घुमन्ते न हुन । आउछन जान्छन । समाजबादले आम नागरिकलाई सम्वोधन गर्दछ । समाजबाद सपना होइन आम मानिसको यथार्थ बन्नु पर्छ, जीवनपद्धति बनाइनु पर्छ, समाजबाद लाई । यसको लागी त्यही खालको उच्चस्तरीय राजनीतिक बिचार बोकेको राजनीतिक दलको नेतृत्वदायी भुमिकाको जरुरत पर्दछ। आम जनतामा समाजबाद निर्माणका लागि चिनको ख्वाहसी गाउको सर्बाधिक ख्याति प्राप्त किशान उ रन पाओ को मोडेल लाई नेपाली समाजको समृद्धिको एउटा नमुना को रूपमा लिन सकिन्छ। समाजबादलाई मार्क्सले साम्यवादको पहिलो चरण मानेका छन । त्यसैले हामी भन्न सक्छौ पुजीवादको उत्तरार्ध पछिको चरण हो समाजवाद । समाजबाद सुन्दर साम्यवादमा प्रवेशको सङ्क्रमण कालिन राजनीतिक चरण हो । टाउकोमा टिकेको लोकतन्त्रलाई खुट्टामा उभिने बनाउनु हो समाजबाद। समाजबाद सच्चाईमा आधारित हुनेहुदा माथि उल्लेखित लोकतन्त्रका सम्पूर्ण बिषेशतामा टेक्दै यस भन्दा अझै वैभवसाली शासनको ब्यवस्थापन हो समाजबाद । समाजबाद कुनै राजनीतिक दलको नाममा सिमित हुने र मजाक को रूपमा जनता को न्यून चेतनामा खेल्ने विषय बस्तु बनाइनु हुन्न । यो एक लामो बर्गिय लडाइँ हो, जनताको मुक्ति आन्दोलन सित जोडिएको गहन र स्वोर्निम सपना हो । यसलाई अवसर बादी राजनीतिको खेलौना बनाउन कसैले पाउदैनन ।
लेखक साम्यबादी राजनीतिक अध्येता हुन ।
[email protected]
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया