प्रहरीले कैलालीको गोदावरी नगरपालिकाको अत्तरीयामा सुन व्यवसायीमाथि आक्रमण गर्ने व्यक्तिहरुको खोजी कार्य तिब्र पारेको छ । घोडाघोडी नगरपालिका– १ घर भई अत्तरीयामा घोडाघोडी सुन चाँदी पसल सञ्चालन गर्दै आएका २८ वर्षीय ब्यावसायी लाई मोटरसाईकलमा घर तर्फ जादै गर्दा आईतवार साँझ ६ बजेर २० मिनेटमा सशस्त्र प्रहरी बैद्यनाथ बाहिनी अगाडि बिपरित दिशाबाट मोटरसाईकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले ब्यावसायिमाथि सानो हतियारबाट गोली प्रहार गरेको जनाएको छ ।
प्रहरीका अनुसार ब्यावसायिको दाहिने हात र ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि तत्काल पदमा अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि माया मेट्रो अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनारको अवस्था खतरामुक्त छ । घट्नाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर घट्नास्थल तर्फ गएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद जोशीले आक्रमणकारीको खोजी कार्य तिब्र पारिएको बताए । अपाचे मोटरसाईकलमा आएका दुबै जना आक्रमणकारीले हेल्मेट लगाएको बताईको छ । आक्रमणको समयमा ब्यावसायी प्रदेश नं.३ ०२०११ प ७३५० नम्बरकाे मोटरसाईकलमा घर तर्फ जादै थिए । उनलाई मोटरसाईकलमा आक्रमणकारीले गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले गोली प्रहारपछि सुनारको साथमा रहेको सुनको झोला लुटेर बताएपनि प्रहरीले त्यसको पुष्टि भने गरेको छैन ।
प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरी उपरीक्षक जोशीले आक्रमणकारीहरु गोली प्रहार गरेर भागेको खुलेपनि घाईतेको साथमा रहेको सामान लुटेर लगेको पुष्टि नभएको बताए । उनले भने, यस विषयमा हामी अनुसन्धान गरिरहेका छौ । डिएसपी जोशीले आक्रमणकारीहरु भागेको स्थान तर्फ प्रहरी परिचालन भएको समेत जानकारी दिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया