अध्यागमन विभागले जेलमुक्त भएका चार्ल्स शोभराजलाई स्वदेश फिर्ता पठाउने तयारी गरेको छ। यसका लागि विभागले फ्लाइट टिकट बुझदै छ।
अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले उनलाई आजै स्वेदश पठाउनको लागि फलाइट टिकट बुझदै गरेको जानकारी दिएका छन्।
उनले भने,‘शोभराज सकेसम्म आजै घर जानेछन्। आज भएन भने उहाँलाई हामीले विभाग परिसरसमा अथवा विभागले तोकेको ठाँउमा राख्ने छौँ। र पठाउने छौँ।’
सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज आज जेलमुक्त भएका हुन्। अदालतले उनलाई १५ दिनभित्रै स्वदेश (फ्रान्स) फर्काउन आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि केन्द्रीय कारागारले आज शोभराजलाई अध्यागमन विभागमा बुझाएको थियो। शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका हुन्।
न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार मुटुको बिरामी रहेका र चालचलनमा पनि सुधार आएको भन्दै कैद मिनाहा गरी शोभराजलाई आफ्नै देशमा पठाउन आदेश गरेको हो। सर्वोच्चको यो आदेशसँगै शोभराजले आठ महिना कैद मिनाहा पाएका हुन्।
‘द सर्पेन्ट किलर’का रूपमा कुख्यात शोभराज २०३२ सालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका थिए।
उनलाई जिल्ला अदालत भक्तपुरले २०८० असोज १ सम्म कारागारमा बस्नुपर्ने गरी फैसला सुनाएको थियो। शोभराजले जन्मकैदअनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्छ। तर उनले २० वर्ष सजाय तोकिएकोमा १९ वर्ष भुक्तान गरिसकेको उल्लेख गर्दै आफूमा असल चालचलन पनि रहेकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसहित रिट निवेदन गरेका थिए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया