Samriddhipost
२०८१ मङि्सर १२ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १६ गते शनिबार

निर्मला पन्त हत्या अनुसन्धानका लागि मनाेचिकित्सक सहितकाे समिति गठन गरे गृहमन्त्री रबिले ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय स्राेतले जनाएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सीआईबीमा कार्यरत एसपी कमल थापा र मनोचिकित्सक डा. राजेश दत्त  सदस्य छन् ।

२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाम  घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डीएनए नमिलेपछि रिहा भएका थिए ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदालतले संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई  साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

अनुसन्धान समितिको संयोजक तोकिएकी सिंह त्यति वेला पनि घटना अनुसन्धान गर्न कञ्चनपुरमा खटिएकी थिइन् । घटनापछि धेरै समिति बनेर छानबिन भएपनि आरोपीबारे प्रहरीले अहिलेसम्म कुनै तथ्य प्रमाण बाहिर निकाल्न सकेकाे छैन ।


#निर्मला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>