कञ्चनपुरमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर-४ सब्जीमण्डीस्थित करन साउँदको घरबाट लागुऔषध चरेसको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सोही ठाउँ बस्ने ४२ वर्षीय लोकबहादुर साउँद र वडा नम्बर-२ बस्ने २४ वर्षीय डम्मर शाहलाई १.६६४ किलोग्राम चरेससहित पक्राउ गरेको हो ।
त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर-१८ बस्ने ३० वर्षीया रेखा बडूको घरबाट १६७ ग्राम लागुऔषध चरेस फेला पारी उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया