Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ माघ १९ गते बिहिबार

नागरिक उन्मुक्तिका सान्सद पक्राउ पक्राउ, ट्याक्टरमा लगाएका थिए आगाे ।

नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा थियो। 

चौधरी आगजनीसम्बन्धी मुद्दामा अदालतले तोकेको सजाय भुक्तान नगरी फरारको सूचीमा रहेका थिए। 

कैलाली जिल्ला अदालतले आगजनी मुद्दामा करिब १० वर्षअघि नै चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद हुने फैसला गरेको थियो। 

तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले ९ वैशाख ०७० मा गरेको फैसलामा साबिक बलिया गाविस– ३, का अरुणकुमार चौधरी, परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१, का वीरबहादुर चौधरीलाई कैद सजायसँगै कुल आठ लाख १९ हजार चार सय २३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको थियो।

दोषी ठहर भएकामध्ये वीरबहादुरलाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो।

सांसद चौधरी फरार सूचीमा रहेको खुलेपछि प्रहरीलाई पक्राउ गर्न सर्वत्र दबाव आएको थियो।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>