Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
मसुरिया
२०७९ फागुन १७ गते बुधबार

कैलालीकाे  बसन्ता जंगलमा एउटै रुखमा महिला र पुरुष झुण्डिएकाे अवस्थामा मृत फेला ।

कैलालीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

बुधबार बेलुका कैलारी गाउँपालिका–७ बसन्तामा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए। 

उनका अनुसार खरौला सामुदायिक वनभित्र इन्जलको रुखमा बसन्ताका ५८ वर्षका गेदुराम दास र सोही ठाउँकी  ४५ वर्षीया ललिता देवी चौधरी प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा भेटिएका छन्।

अहिले ईलाका प्रहरी कार्यालय रामपुर कैलालीको टोली घटनास्थलमा पुगेको छ। 

जिल्लाबाट घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक प्रेम खड्का नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको छ।

ती महिला र पुरुष एउटै रुखमा छुट्टाछुट्टै डोरीमा झुण्डिएको प्रहरीले जनाएको छ। डोरीले झुण्डिएकी महिलाको खुट्टा भुइँमै लतारिएका छन्। उनले जमीनमा घुँडा टेकेकी छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>