Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ फागुन १८ गते बिहिबार

बलात्कार आराेपमा बाल अनाथालयका प्रमुख चन्द पुर्पक्षका लागि जेल चलान ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्द पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी र गर्भपतन कसुरमा चन्दलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको हो। यस्तै, बालयौन दुरुपयोग कसुरमा ५० हजार धरौटी माग गरेको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश पदमराज पाण्डेको इजलाशले अभियुक्त चन्दलाई बाल यौन दुरुपयोग मुद्धामा धरौटी माग तथा जबरजस्ती करणी र गर्भपतन मुद्धाको कसुरमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको  श्रेस्तेदार जयन्ती अवस्थी भट्टले जानकारी दिइन्।

वार्डेन चन्दमाथि अनाथालयमा बस्दै आएका अनाथ नाबालिकाहरुलाई विगत एक बर्षदेखि जबरजस्ती करणी गरेर गर्भपतन गराएको आरोप छ।

अनाथालयका अन्य बालबालिकाहरु विद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेट/चाउचाउ दिन्छु भन्दै पटक पटक अनाथालयमा बस्ने नाबालिकाहरुलाई यौन दुव्र्यवहार र जबरजस्ती करणी गर्ने गरेको आरोप छ।

चन्दले अनाथालयमा बस्ने तीन जना बालिकामध्ये एकलाई यौन दुव्र्यवहार र बलात्कारको शिकार भएका दुईमध्ये एकको गर्भपतन गराएका थिए।

१४ वर्षीया बालिकासँगको अनैतिक सम्बन्धमा गर्भ रहेको थियो। त्यसपछि वार्डेन चन्दले माघ १४ गते औषधि सेवन गराएर गर्भपतन गराएका थिए।

शाैचालयमा गर्भ पतन गरेकाे रगत देखिएपछि घटना बाहिरिएको थियो। १७ माघमा चन्द पक्राउ परेपछि अन्य बालिका पनि उनी विरुद्ध प्रहरीको सम्पर्कमा पुगेका थिए।


#अनाथ बालिका बलत्कार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>