Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख १५ गते शुक्रबार

श्रिमतिलाई खुकुरि प्रहारपछि श्रिमानले गरे आत्महत्या ।
फायल फाेटाे

जिल्लाको फालेलुङ् गाउँपालिका–६, दबाईपानीमा बिहीबार राती एक व्यक्तिले श्रीमतीलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।

५६ बर्षीय शान्त कुमार राईले ५३ बर्षीया श्रीमती बिमरानी राईमाथि खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारबाट बिमरानी गम्भिर घाइते भएकी छिन् । उनको पाँचथर सदरमुकाम फिदिमस्थित गणेशमानसिं सामुदायीक अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पु-याइएको छ । टाउको र निधारमा गहीरो चोट लागेकी उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । शान्त कुमार र बिमरानीका ३ छोरा र २ छोरी छन् ।

खुकुरी प्रहारपछि बेपत्ता भएका शान्त कुमारको खोजतलास गर्ने क्रममा घर नजिकै पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको स्थानीय दिपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।


#खुकुरि प्रहार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>