Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०२ गते मङ्गलबार

बासखेडामा लागूऔषध सहित दुई युवाँ पक्राउ ।

 अवैध लागूऔषध बिक्री, वितरण र सेवनका नयाँ नयाँ तरिकाले बढ्दै गएमा छन । युवाँहरुले अण्डरवेरमा लुकाएर
लागूऔषध ल्याउदा पक्रिएका छन ।

सोमबार साँझ मात्रै प्रहरीले भीमदत्त नगरपालिका–१७ बासखेडाबाट ठूलो परिणाममा लागूऔषधसहित दुई जना स्थानीय युवालाई पक्राउ गरेको छ।

६३ एम्पुल रेक्सोजेसिससहित वडा नं. ४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नं. १८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

मझगाउँ प्रहरी बीटका हवल्दार धनबहादुर पालीको कमाण्डमा खटिएको टोलीले ऐरीबाट साइकलमा नहरको बाटो हुँदै वनगाउँतर्फ गइरहेका दुबै जना माथि शंका लागेर शरीर जाँच गर्दा लागूऔषध फेला पारेको हो।

राईले उक्त लागूऔषध कालो पोलिथिनमा हालेर अन्डरवेयरभित्र लुकाइराखेको प्रहरीले जनाएको छ। उक्त लागूऔषध सीमा पारिबाट ल्याइएको आशंका गरिएको छ। ठूलो परिणाम भएकाले बिक्री, वितरणको उद्धेश्यले ल्याइएको हुनसक्ने तर अनुसन्धान जारी रहेको डिएसपी डाँगीले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>