Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १८ गते बिहिबार

भारतियकाे लुट्ने नयाँ जुक्ति, घरबेटि लुट्न भाडामा बस्न आए ।

भीमदत्त नगरपालिका–४ गोबरियामा गरगहनासहित नगद चोरी भएको छ। खगेश्वरी प्वालीको परिवारका सदस्यलाई नशालु पदार्थ सेवन गराएर चोरी भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोठा भाडामा बस्ने दुई जना भारतीय नागरिकले नशालु पदार्थ सेवन गराएर बुधबार राति चोरी गरेका छन्। 

‘दुई दिन अघि कोठा भाडामा लिएर बसेका रहेछन्, भारतमा रहेको घरमा छोरा भएको भन्दै खुसियालीमा घरबेटीसहित सबैलाई लड्डु र पेयपदार्थ खुवाएछन्,’ डिएसपी प्रकाश डाँगीले भने।  

उनका अनुसार पेयपदार्थ सेवन पछि खगेश्वरीसहित परिवारका ८ जना बेहोस भएका थिए। उनीहरुलाई अहिले उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। 

१० आनाको तिलहरीसहित नगद चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्नको खोजी भइरहेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>