Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० साउन २० गते शनिबार

भतिजा र भान्जाले खाेला बगरमा मारेर यसरी गाडेछन कुवेरलाई ।

 बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीको बगरमा एक जना पुरुषको शव फेला प-यो।

स्थानीयले नदी बगरमा ढुङ्गा राखेकाे देखे ‘लाश गाडिएको जस्तो’ अवस्थामा रहेको शंका गर्दै प्रहरीलाई खबर गरे। 

ईलाका प्रहरी कार्यालय झलारीको टोली तत्काल घटनास्थलतर्फ खटियो।

प्रहरीका अनुसार वेवारिसे अवस्थामा शव फेला प-यो।
बगरमा गाडिएको शव केहीँ मात्रामा सडेर दुर्गन्ध फैलिरहेको थियो।

शव जाँच मुचुल्कापछि प्रहरीले घटनास्थलमा रहेका स्थानीयसँग सोधपुछ ग-यो। उक्त शव कृष्णपुर नगरपालिका–२ बाणीस्थित नवदुर्गा टोल बस्ने कुवेर दमाई भएको खुल्यो।

केहीँ दिन देखि उनी हराएका थिए। उनकी दिदी नाता पर्ने सत्या दमाईले शव मृतक कुवेर दमाईकै रहेको भन्दै सनाखत गरिन्।

कुवेर ४ दिनदेखि हराएका थिए। उनी घरबाट प्राय १÷२ दिन गायब रहने गरेकाले खोजतलासका लागि प्रहरीलाई जानकारी नगराएको आमा प्रेमजला दमाईले सुनाइन।

हिजो ईलाका प्रहरी कार्यालय झलारीबाट पुनः त्यसतर्फ अनसन्धान टोली खटियो।

प्रहरीका अनुसार अनुसन्धान गर्दा मृतक कुवेरका सहोदर भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र भान्जा २८ वर्षीय हरिश दमाई हत्या घटनामा संलग्न रहेको भेटिएको छ।

यस्तो छ प्रारम्भिक बयान
घटनामा संलग्न दुबै जनाले मृतक कुवेर दमाई (हले) घरमा आमा, बुवालाई निक्कै दुःख र हैरानी दिने गरेको बताएका छन्।

उनी घरमा रहेका सामानहरु बिक्री गरी मादक पदार्थ सेवन गर्ने गरेको र १५ गते राति करिब १० बजेतिर तीनै जनाले नदीको किनारमा बसेर मदिरा सेवन गरेको खुलेको छ।

मदिरा सेवनकै क्रममा घरमा दुःख दिने गरेको विषयमा तीनै जनाका बीच विवाद भएको प्रहरीले जनाएको छ।

‘घरायसी कुरा गर्दा मृतक कुबेर र अजय तथा हरिशको वादविवाद भएको खुल्न आएको छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले भने, ‘सोही विवादको क्रममा कुवेरलाई उनीहरुले हात, लात र बगरमा रहेका ढुंगा समेतले टाउको, अनुहारमा हिर्काएको खुलेको छ।’

शरीरका विभिन्न भागहरुमा हिर्काउदा कुवेरको घटनास्थलमै मृत्यु भएको थियो।

कसैले थाहाँ नपाउन भनि कुबेरको शव सोही स्थानमा खाडल खनेर पुरिदिएको बयान पनि आरोपितहरुले दिएका छन्।


#कुबेर हत्या

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>